Comments Add Comment

पाल्पामा खोलाले जीप बगाउँदा ४ जना बेपत्ता


२६ असार, पाल्पा । पाल्पामा खोलाले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् । पाल्पाको माथागढी गाउँपालिका–३, सराईस्थित तिनाउ खोलामा आएको बाढीले लु १ ज १२१७ नंबरको जीप बगाउँदा ४ जना बेपत्ता भएका हुन ।

उनीहरु बिहे भोज खाएर फर्किंदै थिए ।

बाढीले जीप बगाउँदा तानसेन नगरपालिका– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कुँबर बेपत्ता भएको पाल्पास्थित प्रभास प्रहरी चौकीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, अत्यधिक वर्षाका कारण बढेकाे पानीकाे सतहले खाेजीमा समस्या परिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment