Comments Add Comment

अर्जुनधारा नगरपालिकामा एमाले विजयी, हरिकुमार बने मेयर

२६ असार, झापा । झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका हरिकुमार राना र उपमेयरमा कमला खतिवडा आचार्य विजयी भएका हुन् ।

मेयरमा निर्वाचित रानाले १३ हजार ८ सय ७९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित खतिवडाले १२ हजार ८ सय ३१ मत हासिल गरेकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती सिटौला गोले १० हजार ५ सय ७९ मत ल्याएर पराजित भइन् ।

अर्जुनधारा नगरपालिकाको परिणाम आएसँगै झापाको १५ वटै स्थानीय तहको नतिजा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment