Comments Add Comment

ट्यूबलाइट फ्लप भएपछि सलमानलाई खोज्दै डिस्टिब्यूटर

बलिउड अभिनेता सलमान खानलाई उनको पछिल्लो फिल्म ‘ट्यूबलाइट’ बाट ठूलो धक्का लागेको छ । यो फिल्मले दर्शकहरुलाई लोभ्याउन सकेन ।

ट्यूबलाइट फ्लप भएपछि अहिले डिस्टि्रब्यूटरहरुले सलमानको पिछा गर्न थालेका छन् । उनीहरु सलमानसँग पैसा मागिरहेका छन् । सलमानले उनीहरुलाई आफ्नो घरमा सोमबार भेट्न बोलाएका छन् ।

ट्यूबलाइट असफल हुँदा डिस्टिब्यूटरहरुलाई ठूलो घाटा लागेको छ । ट्यूबलाइटले आफ्नो बजेटका ५० प्रतिशत मात्रै आम्दानी गर्न सफल भयो । अब हेर्नुछ कि सलमानले डिस्टिब्यूटरहरुलाई कसरी चित्त बुझाउँछन् ।

खबरअनुसार सलमानले आफ्नो तर्फबाट डिस्टिब्यूटरहरुलाई ३० प्रतिशत क्षतिपूर्ति दिने तयारी गरेका छन् । तर, डिस्टिब्यूटरहरुले यसमा चित्त बुझाउँछन् कि बुझाउँदैनन् भन्न सकिदैन ।

ट्यूबलाइट फ्लप भएपछि सलमानको स्टारडममा समेत ठूलो धक्का लागेको छ ।

उनको नामैले फिल्म चल्ने विश्वास धराशयी बनेको छ । साथै प्रतिस्पर्धि हिरोहरु आमिर खान र शाहरुख खानभन्दा उनी पछाडि परेका छन् । हेरौं उनले अब आफ्नो करिअरलाई कसरी अगाडि बढाउने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment