Comments Add Comment

१११२ मा फोन गर्नुस्, गृहमन्त्रीलाई गुनासा सुनाउनुस्

२६ असार, काठमाडौं । नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने भएका छन् । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बर व्यवस्था गरेको हो ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।

प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्ने मन्त्री शर्माले बताए । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कार्वाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment