Comments Add Comment

विद्यालय जान थाले मुसहर बालबालिका, शत प्रतिशत भर्ना

२७ असार, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ मा दलित समुदाय मुसहर जातिको बाक्लो उपस्थिति छ ।

मुसहर समुदाय शिक्षा क्षेत्रबाट पछाडि पर्दै आएका छन् । तर, पछिल्लो समयमा यी समुदायका बालबालिका विद्यालय जान थालेका छन् ।

बसोबास अत्यधिक भएपनि मुसहर समुदायका बालबालिकाको विद्यालयमा उपस्थिति न्यून हुने गर्थ्यो ।

मुसहर समुदायका बालबालिकाको विद्यालय भर्नाको अवस्थालई हेर्ने हो भने यहाँका जनता कटैया माविमा अघिल्लो वर्ष जम्मा ३ जना बालबालिका मात्रै भर्ना भएका थिए ।

यो गाउँको कुल जनसंख्या मध्ये ४० प्रतिशत मुसहर समुदायको बसोबास रहेको छ । २ वर्षअघिको तथ्यांकलाई हेर्ने हो भने त्यत्तिकै संख्यामा मुसहरका बालबालिका यो विद्यालयमा भर्ना भएका थिए ।

नजिकै विद्यालय भएपनि गाई, भैंसी चराउन र घरायसी काम गर्न बाध्य थिए यी बालबालिका ।

विद्यालयका प्रधानाध्यापक बीरेन्द्र यादवका अनुसार यो नियति फेरिएको छ । अहिले मुसहर समुदायको उमेर समूहका सम्पूर्ण बालबालिका विद्यालय आउन थालेको उनी बताउँछन् ।

अहिले यस विद्यालयमा डोम,मुसहर समुदायका वालवालिकाको संख्या ६४ पुगेको छ । हाल यस विद्यालयमा डोम र मुसहर समुदायका २८ छात्र र ३६ छात्रा भर्ना भएका छन् ।

युनिसेफको सहयोगमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले बिगत एक वर्षदेखि गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानीय निकायको सबलिकरण परियोजना अन्तर्गत विद्यालय बाहिर रहेका पिछिडिएका समुदायका वालवालिकाहरुलाई विद्यालयसम्म ल्याउन चेतना र भर्ना अभियान थालेपछि यस्तो सुधार देखिएको छ ।

अभियान प्रभाबकारी बनेपछि डोम र मुसहर समुदायका अभिभावक र वालवालिकामा शिक्षा प्रति आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासवानको भनाइ छ ।

गाउँभरीका पिछिडिएका समुदायका अगुवा र वालवालिकाको पटक पटक भेला गरी शिक्षाको महत्व वारे आसमान नेपालले जानकारी गराउँदा यस्तो परिवर्तन आएको गाविस सचिव देवनारायण यादवको भनाइ छ ।

आसमान नेपालका कार्यक्रम सयोंजक दिनेश्वर साहले पिछिडिएका समुदायका वालवालिकाहरु विद्यालय जान नचाहने र अभिभावकले पनि ध्यान नदिएकाले यसअघि उनीहरु विद्यालय नगएको बताए । अभिभावकहरुसँग गहन छलफल गरेपछि बालबालिका विद्यालयमा जान थालेका हुन् ।

अहिले यस गाउँमा रहेका उमर समूहका सबै बालबालिका विद्यालय भर्ना भइसकेका छन् । गाविस सचिव यादवले सम्पूर्ण वालवालिकालाई विद्यालयमा भर्ना गरिएको बताए ।

पूर्ण विद्यालय भर्नाको अनुगमन गर्न पुगेको स्थानिय विकास अधिकारी सुदेव पोखरेलले पिछिडिएका समुदायका वालवालिकालाई उल्लेख्य रुपमा विद्यालयसम्म ल्याउन प्रयास गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै शिक्षा प्राप्तीले जातीय भेदभावको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

शिक्षा अधिकारी डोलराज पाण्डेले विधालय बाहिर रहेका वालवालिकालाई विद्यालयसम्म ल्याउन गरिएको मिहिनेत जस्तै त्यसलाई विद्यालयमा टिकाइराख्न र निरन्तरताका लागि पनि सरोकारवालाहरुले उत्तिकै मिहिनेत गर्नुपर्नेमा जोड् दिए ।

शुरुमा उत्साहजनक रुपमा भर्ना हुने तर पछि वीचमै पढाई छाडने जस्ता प्रवृति पनि विभिन्न ठाउँमा देखिएको अनुभव सुनाउदै उनले भने, ‘मुख्य चुनौती त्यस्ता वालवालिकालाई विधालयमा टिकाइराख्ने र निरन्तरता दिनु हो, यस तर्फ सबै सरोकारवाला सजग र सचेत रहनु पर्छ ।’

उनले वालवालिका र शिक्षकहरुलाई समेत सम्झाउदै भने,’छात्रवृति, अनुदान र निःशुल्क शिक्षा आर्जन गर्न गराउन पाएको अवसरलाई इमान्दारीपूर्वक सदुपयोग गर्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment