+
+
Shares

‘भन्छु आजदेखि कहाँ छ र’ सम्म, यसरी जन्मियो ‘म यस्तो गीत गाउँछु’को ३ हिट गीत

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १३:१५

संगीतकार अर्जुन पोखरेलले संगीत गरेका थुप्रै चलचित्रका गीत हिट छन् । अर्जुनकै संगीतका कारण चलचित्रको व्यापारमा पनि धेरै फरक परेको छ । लभस्टोरीदेखि वियोगान्त गीत कोर्न र संगीत भर्न माहिर संगीतकार पोखरेल अहिले फेरि चर्चामा छन् ।

उनले संगीत भरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ३ वटै गीत चर्चामा छन् । ‘भन्छु आज मनका कुरा, किन आजकल तिम्रो मन मैले भो, कहाँ छ र जिन्दगीको’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यी ३ गीतकै कारण चलचित्रको व्यापारमा फरक पर्ने पक्का छ । तर, यी ३ गीतको सिर्जना त्यती सहज तरिकाले भएको थिएन । संगीतकार पोखरेलले ‘म यस्तो गीत गाउँछु’का ३ गीतको श्रृजना कसरी भयो भनेर, अनलाइनखबरसँग अनुभव साटेका छन्ः

१. भन्छु आज मनका कुरा सुन्छ्यौ भने तिमीः यो गीत हामीले धेरै पहिले नै तयार पारेका थियौ । तर, यो गीत चलचित्रमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय भएको थिएन । यसको ठाउँमा अर्को गीत राख्ने भन्ने कुरा भएको थियो । सोही, गीत छायांकन गर्नका लागि टिम मुस्ताङ पुगेको थियो । तर, मुस्ताङ पुगेपछि ‘भन्छु आज’ को भिडियो छायांकन गर्ने निर्णय भएछ ।

यही, गीत छायांकन गर्न सुदर्शनजी र उहाँको टिम उपल्लो मुस्ताङ पुग्यो । यो गीतमा स्टाइलिस्ट मेलोडी छ । अहिलेको यूवाले स्टाइलिस्ट शैलीमा बोल्छ भने गीत गाउँदा उसको शैली परिवर्तन हुँदैन । हामीले जे सोचले गीत र भिडियो बनायौ, दर्शकले अत्यन्त मन पराइदिनुभएको छ ।

२. किन आजकल तिम्रो मन मैलो भोः यो गीतले चलचित्रको कथालाई पनि बोकेको छ । कथा अनुसार गीत चलचित्रमा प्रस्तुत हुन्छ । ‘भन्छु आज’ गीत हेरेका दर्शक चलचित्र हेर्दै गर्दा यो गीत आएपछि अर्को मुडमा पुग्छन् । यसका शब्दहरु केही फन्नी खालका पनि छन् । आफ्नी प्रेमिका एकै किसिमको नपाएपछि केटाले कतै तिम्रो मन ‘मैलो’ त भएन भनेर यो गीत गाउँछ । यो गीत चलचित्रको टर्निङ पोइन्ट पनि हो ।

३. ‘कहाँ छ र जिन्दगीको’: चलचित्रमा प्रस्तुत हुने गीत हिट मात्र होइन स्तरिय पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो । यो एउटा गजल हो । चलचित्रमा पनि गजललाई समावेश गराउन सकिन्छ भनेर मैले प्रयास गरेको हुँ । म गीत कोर्दा वा संगीत भर्दा क्षणिक रुपमा मात्र हिट होस् भनेर सोच्दिनँ । केही गीत कालजयी पनि होस् भन्ने मेरो चाहना हुन्छ ।

यो गीतले मानिसको मुड अनुसारको भाव बन्छ । तपाई रमाइलो मुडमा हुनुहुन्छ भने रमाइलै लाग्छ, भावूक मुडमा हुनुहुन्छ भने गीत पनि भावूक शैलीकै लाग्छ । यसमा प्रेमीसँग छुटेको पीडा छैन ।

प्रेमिका साथमा नहुँदा शहरको मात्र होइन आफ्नै खबर समेत थाहा नपाउने एक प्रेमीको भाव गीतमा उठान गरिएको छ । यो गीत गाउँदा गायक-गायिकाले लभस्टोरी र स्याड दुबै फिल दिनुभएको छ । यो चलचित्र भित्र केटीका लागि केटाले अन्तिम पल्ट गाउने गीत पनि हो ।

यी तिनै गीतको भिडियोमा म सन्तुष्ट छ । ‘भन्छु आज र किन आजकल’को भिडियो उत्कृष्ट छ । ‘कहाँ छ र’को भिडियो जुन शैलीमा बनाइएको छ, त्यो उत्कृष्ट छ । यसलाई यो भन्दा बढी कलरफूल बनाउँदा कथाको भाव विग्रन्छ ।

दर्शकले जुन तरिकाले ३ वटै गीतलाई माया दिनुभएको छ, त्यसले मलाई कामको प्रतिफल मिलेको महशुश भएको छ । असार ३० गते चलचित्र रिलिज भएपछि दर्शकले गीत र चलचित्रलाई नै मन पराइदिनुहुनेछ भन्नेमा ढुक्क छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?