+
+
Shares

यस्तो छ सिड्नीमा पहिलो पटक बनेको गीतको भिडियो

राजन घिमिरे राजन घिमिरे
२०७४ असार २८ गते १०:४९

१२ जुलाई, सिड्नी । विदेश जान पाईयो भने के के नै हुने र बिदेशलाई स्वर्ग नै ठान्ने नेपालीहरूको गजबको शैली छ । तर, विदेश आएपछिको संघर्ष अनि दुःखको बारेमा थोरैले मात्र बयान गर्दछन ।

पढाई र कामका कारण पाएको दुःख अनि मिस गरेको आफ्नो परिवारको पीडा कसैले बताउन चाहंदैन । तर, गीतकार अनिता सुबेदीले भने ती पीडा, दुःख र सर्घषको बारेमा गीत मार्फत नै खुलेर बयान गरेकी छिन् । उनले लेखेको शब्दमा मन्जु पौडेलको स्वरले झनै ज्यान थपेको छ ।

त्यसो त गीतकार आफै विद्यार्थीको रूपमा अष्ट्रेलिया आएकी हुनाले पनि उनले गीतमा आफ्ना भोगाईहरू प्रस्तुत गरेको कुरा बताएकी छिन । ‘यो गीतमा कुनै काल्पनिक र बनावटी कुरा छैन, जे छ बास्तबिकता नै छ । धेरैलाई मनमा लागेको तर बताउन नचाहेको कुरालाई मैले गीत मार्फत प्रस्तुत मात्र गरेकी हुँ ।’ अनिताले भनिन ।

तीज आउँन अझै दुई महिना बाँका भएता पनि यो गीत रेकर्ड मात्र भएको छैन कि भिडियो पनि तयार भएको छ , त्यो पनि सिड्न

‘पढ्न भनि सपना बोकी अष्ट्रेलिया आए ,बिदेश आए मै छोरीले सार्है दुख पाए….’

‘गीत अष्ट्रेलिया सम्बन्धी भएकाले यो गीतको माग अनुरूप नै हामीले यसको भिडियो पनि यही बनाएका हौ ।’ बिएमएस.फिल्मसका वीरेन्द्र दीप मल्लले बताए ।

 

प्रवासीने नेपाली चेलिहरूको ब्यथालाई समेटिएको यो गीतको भिडियोलाई बिजय थापाले निर्देशन गरेका हुन भने लय खुमन अधिकारीको छ ।

गीतमा गीतकार अनिता सुबेदीले अष्ट्रेलिया, न्यूजिल्याण्ड र जापानमा पढ्न गएका नेपाली विद्यार्थीहरूको पीडालाई समेटेकी छिन् ।
गीतमा पि.आरको लोभमा गुमेको जीवन र सपनाका बारेमा पनि निकै मार्मिक किसिमले बयान गरिएको छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?