+
+
Shares

अविरल वर्षाले अर्घाखाँचीका ग्रामीण सडक बिग्रिए, यात्रुलाई सास्ती

घनश्याम पौडेल घनश्याम पौडेल
२०७४ असार २८ गते ११:००


२८ असार, अर्घाखाँची । केहीदिन देखि लगातार परेको पानीले अर्घाखाँचीका अधिकांश ग्रामीण सडकहरु भत्केका छन ।

जिल्लाका सबै वडाहरुमा यातायातको सुविधा भएको अर्घाखाँचीमा सडक बिग्रिएपछि यात्रुलाई सास्ती भएको छ ।

असार मसान्तको समयमा यातायात नचलेपछि मसान्तमा योजनाका काम सम्पन्न गरी बजेट लिन सदरमुकाम सन्धिखर्क आउने समितिका पदाधिकारीलाई निकै सास्ती परेको छ । हिउँदभरि बाटाहरु खनिन्छ, अहिले वर्षाले आफैं हिँड्न पर्छ, एक मोटरबाटो उपभोक्ता समितिका सदस्यले भने ।

लगातारको वर्षाले अर्घाखाँचीका सडकहरु हिलाम्मै छन् त कतै सडकको संरचना नै बिग्रेको छ । लगातार पहिरो खस्दा सडक थप समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?