Comments Add Comment

मिर्गौला चोरी प्रकरणः उच्चस्तरीय समितिको छानबिन बिहीबारबाट


२८ असार, काठमाडाैं । मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालले नुवाकोटका ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला निकालेको घटना छानबिन गर्न गठित समितिले बिहीबारबाट काम सुरु गर्ने भएको छ ।

घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिमा मन्त्रालयका सहसचिव सनत केसी, नेपाल मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिस्ट डा. अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी तथा शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य छन् ।

‘मृगौला सम्बन्धि छानबीनका लागि आज हामीले पत्र पाएसँगै भोलि सबै सदस्य मिलेर बैठक बस्ने योजना बनाएका छौं’, समितिका सदस्य तथा स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव शम्भुराज रेग्मीले भने, ‘सबै सदस्य जुटेमा सम्भवत भोलिबाटै छानबिनको काम अघि बढाउछौं ।’

उनले समितिका सदस्य भेला हुन नसकेको कारण छानबिनमा ढिलाई भएको बताए ।

गत शुक्रवार बसेको व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबीन समिति गठन गर्न माग गरेका थिए । स्वास्थ्य मन्त्रालयले यही असार २५ गते चिकित्सा सेवा महाशाखाबाट छानबिन समिति गठन गर्ने फाइल तयार गरी सोही दिन स्वास्थ्य सचिव डा. किरण रेग्मीबाट स्वीकृत गराई समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment