Comments Add Comment

आर्थिक समाचार: पुर्ननिर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृत

२९ असार, काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको निर्देशक समीति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैंया बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्ययोजना प्रस्ताव पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । प्राधिकरणले विभिन्न निकायमार्फत पुननिर्माण र पुनस्थापना कार्यमा उक्त बजेट खर्च गर्ने उनले बताए ।

नागरिक दैनिकले पुननिर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृतलाई पनि नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । दुर्गमको बैंकमा नगद संकटलाई पनि नागरिकले लेखेको छ । दुई वर्षमा सेयरको दैनिक कारोबार दुई गुणा बढ्योलाई नागरिक दैनिकले लेखेको छ ।

किन बन्द छ होटल एभरेस्टलाई अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयमै थन्कियो १० वर्षे रणनीतिक योजनालाई पनि अन्नपूर्णले लेखेको छ । स्याङ्जा खाद्यमा सुरक्षित जिल्ला भएको सन्दर्भमा पनि अन्नपूर्णले लेखेको छ ।

बिमा दाबीबापत सरकारबाट डेढ करोड भुक्तानीलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । इम्बोस्ड प्लेट कार्यान्वयनमा ढिलाईलाई पनि कारोबारले लेखेको छ । अब व्यक्तिकै नाममा बेरुजुलाई लेखेको कारोबारले भौतिक संरचना सुधार्न सेनालाई रक्षाको निर्देशनलाई पनि कारोबार दैनिकले लेखेको छ ।
सडक समस्यापछि बढ्यो उडान चापलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । नेपाली ग्याँस बुलेटको सन्दर्भमा सञ्चालनको टुङ्गो अझै लागेनलाई पनि गोरखापत्रले लेखेको छ ।

२२ वर्षदेखि लेखापरीक्षण नगर्ने संस्थान पनि सञ्चालनमालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । आर्थिक कुटनीति बलियो बनाउन निजी क्षेत्रको सुझाबलाई नयाँ पत्रिकाले लेखेको छ । नीतिमा नछुट्ने तर स्थापना नहुने पूर्वाधार विकास बैंकलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment