Comments Add Comment

विराटनगरमा गोली चल्यो, एक घाइते


२९ असार, विराटनगर । २९ आसर, विराटनगर । विराटनगरको मुनाल पथमा बिहीबार बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी बिष्टलाई अज्ञात समूहले बिहान ५ बजे गोली प्रहार गरेको हो ।

उनको घुँडामा गोली लागेको छ । उनको अवस्था सामान्य छ । उनको अहिले विराटनगरस्थित बिराटन नर्सिङ होममा उपचार भइरहेको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजारसमेत लुटेर लगेको घाइते बिष्टले जानकारी दिइन् ।

मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment