२९ असार, काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो । साथै संसदमा दर्ता भएको महाअभियोग फिर्ता भए नभएको जानकारी गराउन पनि भनिएको अधिवक्ता सुनिल रञ्जन सिंहले बताए ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगतै कार्की पुनः काममा फर्किइन् ।
उनले उमेर हदका कारण अवकास पाइसकिन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । तर, अदालतमा मुद्दा भने टुंगिएको छैन ।
प्रतिक्रिया 4