Comments Add Comment

रुपन्देहीका कृषकहरु पुरस्कृत


२९ असार, भैरहवा । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले  जिल्लाका कृषकहरु र कार्यालयका कर्मचारीहरूलार्इ पुरस्कृत गरेको छ ।

भैरहवामा आयोजित आर्थिक वर्ष २०७३/०७४ को सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा कर्मचारी र कृषकहरुलाई कार्यालयले पुरस्कृत गरेको हो ।

कार्यक्रममा धेरै हिउँदे तरकारी बाली उत्पादन प्रतियोगितामा उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ ।

कार्यालयले जिल्लाको सुर्यपुरा-५ का बैजनाथ केवट, हाटीबनगाई-८ का महेशप्रसाद यादव, मानपकडी-२ का प्रताप मल्लाह र सोही स्थानका जगरनाथ मल्लाहलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बैकुण्ठ खनालले जानकारी दिए ।

यस्तै धेरै लहरे तरकारीवाली उत्पादन प्रतियोगितातर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका १० का मङरु लोध, सिक्टहन ७ का राजेन्द्रप्रसाद मल्लाह, सुर्यपुरा ५ का रामसुफल केवट, र लुम्बिनी सांस्कृतिक नगरपालिका १२ का रामसोहन लोधलाई क्रमश ५ हजार , ३ हजार, २ हजार र ५ सय नगदसहित पुरस्कृत गरिएको छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालयले जिल्लामा कार्यरत कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको छ ।

जिल्लाको मानपकडी सेवा केन्द्रमा कार्यत प्राविधिक साहायक सन्तोष कुमार भुसाल र जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नायव प्राविधिक सहायक दिपेन्द्रप्रसाद डाँगीलाई नगदसहित पुरस्कृत गरिएको प्रमुख खनालले बताए ।

जिल्लामा सम्पन्न भएका विभिनन कार्यक्रमहरुको बारे जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत घनश्याम चौधरीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment