Comments Add Comment

डसनाभित्र लुकाएको लागुऔषधसहित एक जना पक्राउ

३० असार, काठमाडौं । प्रहरीले ९६२ एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित रौतहटको गौर नगरपालिका-३ बस्ने अमित कुमारलाई पक्राउ गरेको हो ।

अमितले गौरबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बसको डिकीमा डसनाभित्र लुकाएर लागुऔषध काठमाडौं प्रवेश गराउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

अमितको लुकाएर ल्याएको डाइज्यल्याव ३२५ एम्पुल, फेनार्गन ३२५ एम्पुल र नुफिर्न ३१२ एम्पुल गरी ९६२ एम्पुल लागुऔषध बरामद गरिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

यस्तै अमितको सहयोगमा रामेछाप दोरम्बा गाउँपालिका-४ का ३० वर्षे कमल थापा मगरलार्इ एकान्त कुनाबाट पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment