Comments Add Comment

हाम्रो ८ गल्ती, जसले कलेजो खराब गर्छ

कसरी राख्ने कलेजोलाई स्वस्थ्य

कलेजोले कैयौं काम गर्नुपर्छ, हाम्रो शरीरको लागि । यो शरीरको सबैभन्दा ठूलो भित्री अंग पनि हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ । तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ । यो हाम्रो पेटको माथि दाहिनेतर्फ हुन्छ ।

के काम गर्छ ?

कलेजको काम अनगिन्ती छन् । यद्यपी यसको मूख्य काम भनेको पाचन नलिकाबाट आउने रगतलाई शुद्ध गरेर पुरै शरीरमा संचार गराउने हो । रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले नै गर्छ । हामी जुन औषधी सेवन गर्छौ, त्यसलाई पनि टुक्राएर शरीरमा संचार गराउने काम गर्छ ।

किन खराब हुन्छ कलेजो ?

शारीरिक स्वास्थ्यका लागि यति महत्वपूर्ण कलेजो खराब त्यसबेला हुन्छ, जब हाम्रो खानपान र जीवनशैली प्रतिकुल बन्छ । युनिभर्सिटी अफ पेनसिल्वेनिया स्कुल अफ मेडिसिनको एक अभ्ययन अनुसार हाम्रो खराब जीवनशैलीको सोझो असर कलेजोमा पर्छ । औसत ४० बर्षको उमेरसम्म कलेजोको प्रणालीमा २० प्रतिशतसम्म गिरावट आइसकेको हुन्छ । तर, शरीरमा धेरै मात्रामा टक्सिन भयो भने कलेजो खराब हुन्छ ।

कलेजो खराब हुने कारण

१. धेरै गुलियो खानेकुरा कलेजोको लागि अनुकुल हुँदैन । कलेजोले गुलियो पदार्थ एवं चिनीलाई बोसोमा बदल्ने काम गर्छ । जब हामी धेरै चिनीजन्य खानेकुरा सेवन गर्छौ, कलेजोलाई दवाव पर्छ । र, अतिरिक्त वोसो कलेजोमा जम्मा हुन्छ । यसले कलेजोलाई खराब गर्छ ।

२. लामो समयसम्म वा धेरै मात्रामा पेनकिलर तथा पारासिटामोल सेवन गर्दा पनि कलेजो खराब हुनसक्छ ।

३. मदिराजन्य पदार्थ त कलेजोको सत्रु नै हो । जब हामी मदिरा पिउँछौ, शरीरमा विषाक्त पदार्थ बढी जम्मा हुन्छ । यसले कलेजोलाई नराम्ररी क्षति पुर्‍याउँछ ।

४. चिकित्सकको परामर्श बिना सप्लिमेन्ट खासगरी भिटामिन ए लिनु कलेजोलाई हानी पुर्‍याउनु हो ।

५. कम समयमा सुत्नु वा कम निन्द्रा लिनु पनि कलेजोको लागि राम्रो होइन । कम सुत्दा कलेजोले बोसोको प्रक्रिया पूर्ण रुपले गर्न पाउँदैन, परिणामत उक्त बोसो कलेजोमा जम्मा हुन्छ ।

६. कोक, फ्यान्टा जस्ता पेयमा कृतिम चिनी र रंग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोजो जम्छ । रंगको रसायनले कलेजोलाई नोक्सान पुर्‍याउँछ ।

७. बर्गर, स्यान्डविच जस्ता जंकफुडको सेवनले पनि कलेजोको कार्यक्षमतामा ह्रास ल्याउँछ ।

८. चुरोट सेवन एवं धुमपानले कलेजोलाई सोझै क्षति गर्छ । चुरोटमा केहि टक्सिक केमिकल हुन्छ, जो कलेजोमा पुगेर तयसको सेल्सलाई नष्ट गर्छ ।

कलेजोलाई स्वस्थ्य राख्ने १० काइदा

अहिलको खानपान शैलीले सबैभन्दा बढी कलेजोमा असर गरेको छ । हावर्ड मेडिकल स्कुलको अध्ययनले यहि तथ्य सार्वजनिक गरेको छ । हामीलाई थाहै छ, शरीरमा पैदा हुने विकारयुक्त तत्व सफा गर्ने काम कलेजोले गर्छ । त्यही कारण कलेजोमा यस्ता तत्व जम्मा हुन्छ, जसलाई सफा गर्नु एकदमै जरुरी हुन्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

लसुन
लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी

यसमा ग्लूकोज  हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment