Comments Add Comment

नेपालमा भारतीय च्यानलको प्रशारण रोकिन सक्ने चेतावनी

३० असार, काठमाडौं । भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

भारतीय टेलिभिजन प्रशारकहरुको साझा संस्था ईण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ) का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड लागू भए भारतीय च्यानलको प्रशारण रोकिन सक्ने संकेत गरेका छन् ।

नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ ।

तर, नेपाली टेलिभिजन वितरकले पनि विदेशी च्यानललाई विज्ञापनरहित बनाएर तत्काल प्रशारण गर्नसक्ने अवस्था नहरेको बताइरहेका छन् । उनीहरुले नीति फिर्ता नभए साउन १ गतेदेखि टेलिभिजनहरु बन्द गर्ने चेतावनी दिइरहेका छन् ।

भारतीय टेलिभिजन प्रशारक संघले पनि नेपालमा लागू हुने क्लीन फीडले भारतीय टेलिभिजन बन्द हुन सक्ने संकेत दिएको छ । ‘नेपालमा क्लीन फीड लाग्दैछ । त्यसले भारतीय टेलिभिजन नेपालमा नियमित रुपमा प्रशारण भइराख्छ भन्ने अवस्था रहेन’ महासचिव श्रीवास्तवले भनेका छन् ।

बेष्टमिडिया इन्फोसँग कुराकानी गर्दै श्रीवास्तवले नेपालको क्लीन फीड नीतिलाई आईबीएफले चासोका साथ हेरेको भन्दै तत्काल यसलाई कार्यान्वनयमा नलैजान नेपाल सरकारलाई सुझाव दिएको उल्लेख गरे ।

उनले प्रशारण रोकिएमा नेपालमा अधिक मात्रामा डीटीएचको पाइरेसी हुन सक्ने बताए ।

यसअघि पनि आईबीएफले नेपालमा क्लीन फीड लागू नगर्न विज्ञप्तिमार्फत नै सुझाव दिएको थियो । सरकारले भने साउन १ देखि क्लीन फीड लागू गर्न तयारी भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment