Comments Add Comment

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरूद्ध

३१ असार, डडेल्धुरा । सुदूरपश्चिम (सुप) का पहाडी जिल्लामा एक सातादेखि विद्युत्त सेवा अवरूद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

कैलालीको धनगढीदेखि डडेल्धुरासम्म जोड्ने भिमदत्त राजमार्गको आसपास क्षेत्रमा एक हप्तादेखि विद्युत्त सेवा अनियमित बनेको हो ।

केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको लोडसेडिङ हटाउने आश्वासन दिएका थिए । यस्तो आश्वासन दिएलगत्तै उनले नेपाल विद्युत्त प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई भेटेर सुदूरपश्चिमको लोडसेडिङ हटाउन आग्रह गरेका थिए । यद्यपि, सुदूरपश्चिमका पहाडी जिल्लाको लोडसेडिङ घट्नुको साटो बढ्दै गएको छ ।

विद्युत्त सेवा अनियमित भएपछि यस क्षेत्रका उद्योगधन्दा तथा सञ्चार माध्यम मारमा परेका छन् । विद्युत्त सेवाकै कारण डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी क्षेत्रका अधिकांश रेडियोहरु नियमित हुन सकेका छैनन ।

व्यापारीहरुले पनि झनै समस्या भोग्नु परेको छ । विद्युतीय उपकरणबाट हुने अधिकांश कामकाज ठप्प भएका छन भने व्यापार व्यबसाय पनि ओरालो लागेको ब्यापारीहरुले गुनासो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment