Comments Add Comment

ललितपुर महानगरले ल्यायो ३ अर्ब २२ करोडको बजेट

३१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५का लागि ३ अर्ब २२ करोड  ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार पहिलो नगरसभामामा ललितपुरका मेयर चिरीबाबु महर्जनले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

बजेट मध्ये४३ करोड १२ लाख रुपैयाँ बजेट चालु खर्चका लागि विनियोजन गरिएको छ । ललिपुर महानगरपालिकाको विकास बजेट भने झण्डै२ अर्ब ८० करोड रुपैयाँको रहेको छ ।

यसअनुसार चालु र विकास बजेटको हिस्सा क्रमश १३.३५ र ८६ दशमलव ६५ प्रतिशत रहने छ ।

मेयर महर्जनले कुल बजेटमध्ये १ अर्ब २२ करोड आन्तरिक श्राोतबाट ब्यवस्थापन गर्ने बताएका छन् ।

नेपाल सरकारको २८ करोडको सशर्त अनुदान र ५६ करोडको वित्तीय समानीकरण अनुदान र बहुवषर्ीय सडक विस्तारतर्फको १० करोड, विभिन्न कार्य तथा परियोजनाका लागि २६ करोड र वैदेशिक सहायता अनुदानतर्फ ७७ करोड गरी कुल ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याइएको छ ।

महानगरपालिकालेसार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै दीगोशहरी पूर्वाधार विकास र वैकल्पिक उर्जाको प्रवर्द्धनलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

सांस्कृतिक सम्पदाको पुनर्निर्माण, पर्यटनको माध्यमबाट आथिर्क विकास र बाल तथा वातावरणमैत्री स्थानीय शासन एबम् पूर्ण सरसफाईलाई पनि बजेटले आफ्नो प्राथमिकताका रुपमा लिएको मेयर महर्जनले बताए ।

त्यस्तै लैंगिक समानता तथा समाजिक सेवावेसी विकास र नगरस्तरीय वडालाई विकासको केन्द्रविन्दु बनाउने उद्देश्यका साथ ललितपुर महानगरको बजेट आएको छ ।

बजेट प्रस्तुत गर्दै महानगरपालिकाका मेयर महर्जनले आफूहरुले नगरबासीकोशीर झुक्ने गर किुनै काम नगर्ने बताए ।

उनले अबको ५ वर्ष ललितपुर महानगर सुधार र विकासको वर्षहरु हुने भन्दै दूरगामी लक्ष्यहरु राखेर नै बजेट ल्याइएको बताए ।

महर्जनले वडा कार्यालयहरुलाई नै नागरिकको सेवाको प्रमुख केन्द्र बनाउन लागिएको भन्दै विकासका लागि वडाहरुलाई सशक्त बनाउने गरी बजेट ल्याएएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment