यो प्रसंग बलिउड अभिनेत्रीको हो, जो बिवाहअघि आमा भइन् । सिल्भर स्क्रीनमा चमकदमकपूर्ण जीवन विताइरहेका ति अभिनेत्री कसरी आमा भइन् त ? कथा रोचक छ । जस्तो कि श्रीदेवीको कुरा गरौं । आफ्ना जमानाका आकर्षक एवं कामुक नायिका श्रीदेवी त्यसबेला बोनी कपुरसँग नजिकिए, जतिबेला बिमारी आमा अस्पतालमा थिइन् । तिनै आमाको हेरचाहमा सहयोग गरिरहेका बोनी कपुरसँग श्रीदेवी यसरी नजिकिइन् कि, बिवाहअघि उनको गर्भ रह्यो । अरु यस्तै प्रसंग यहाँ उल्लेख छ ।
श्रीदेवी
अहिले बलिउडमा जान्ह्वी कपुर लाइमलाइटमा छिन् । जान्ह्वीको आमा श्रीदेवी, जो आफ्ना जमानाकी चर्चित हिरोइन् । उनै हिरोइन अबिवाहित अवस्थामै गर्भवती भएकी थिइन् ।
प्रसंग अमेरिकाबाट सुरु हुन्छ । श्रीदेवीकी माता अमेरिकामा उपचाररत थिइन् । त्यही बेला बोनीले श्रीदेवीको खुब सहयोग गरे । श्रीदेवी पग्लिइन् । १९९६ मा अचानक श्रीदेवीले बोनीसँग बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिइन् । किन उनले यति गुपचुप र हतारमा बिवाह गरिन् त ? कौतुहलता जाग्ने नै भयो । पछि थाहा भयो, उनी बिवाह अघि नै गर्भवती भएकी थिइन् । श्रीदेवी स्वंमले यो कुरालाई स्विकार गरेकी छिन् ।
महिमा चौधरी
महिमा चौधरी सुभाष घईको फिल्म ‘परदेश’मा आफ्नो करियर सुरु गर्दै थिइन् । उनको वास्तविक नाम ऋतु चौधरी हो । घई ठान्छन्, ‘म’ शब्दबाट नाम सुरु हुने हिरोइन उनको लागि फलिफापयुक्त हुनेगर्छ । त्यही कारण उनले ऋतुलाई महिमा बनाइन् । महिमाले २००६ मा अचानक बबी मुखर्जीसँग बिवाह गरिन् ।
त्यस समय उनीसँग केहि फिल्म पनि थियो । उनले यसरी अचानक बिहे गर्नुमा उनी पहिले नै गर्भवती भएकी बताइन्छ । बिवाहको केहि महिनापछि उनले छोरीलाई जन्म दिइन् ।
अमृता अरोरा
मलाइका अरोराको दाम्पत्य जीवन टुटिसकेको छ । सलमानका भाई अरबजसँगको दाम्पत्यलाई हालै उनले बिट मारेकी हुन् । उनै मलाइकाकी बहिनी अमृताको बिजनेसम्यान शकीलसँग रोमान्स चलिरहेको थियो । उनले तुरुन्तै बिवाह गरिन् । हल्ला के छ भने, उनी बिवाहको बेला गर्भवती थिइन् । बिवाह लगत्तै अमृताले खुलासा गरिन्, ‘म आमा बन्नेवाला छु ।’
सरीका
फिल्म राजतिलकको सुटिङका क्रममा कमल हासन र सारिकाबीच रोमान्स सुरु भएको थियो । अचानक दुबैले बिवाह गरे । भनिन्छ, त्यसबेला सारिका गर्भवती थिइन् ।
नीता गुप्ता
नीना गुप्ताले त सबैलाई आश्चर्यमा पार्दै खुलासा गरिन् कि, ‘म गर्भवती छु ।’ त्यसबेला उनको बिहे भएकै थिएन । नीनाले आफ्नो गर्भमा हुर्कदै गरेको बच्चाको पिताको नाम समेत खुलाइन् । बच्चा जन्मियो पनि । पछि थाहा भयो कि, क्रिकेटर विवियन रिचर्ड्स उनको पिता हुन् ।
प्रतिक्रिया 4