Comments Add Comment

कारवाही गर्नुपर्ने डीएसपीलाई एसपी बनाउन हेडक्वार्टरको सिफारिस

डिएसपी सञ्जीव शर्माले अभियुक्त भगाएकै कारण डिल्लीमायाको सर्वश्व सकियो

२ साउन, काठमाडौं । नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालयबाट कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ । यो सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम छ, जसलाई सुन्तली प्रकरणमा बिभागीय कारवाहीका लागि यसै साता मात्र सिफारिस गरिएको थियो ।

साढे पाँच बर्षअघि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि शर्मालाई त्यतिबेलै हेडक्वार्टर तानिएको थियो । यो प्रकरणबारे अनलाइनखबरले नियमित फलोअप गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले पनि शर्मालाई कारवाही गर्न निर्देशन दिएको थियो ।

यसरी भयो कारवाही सिफारिस

हालै मात्र रामेछापका डीएसपी कुमोद ढुंगेलको सक्रियतामा सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई प्रहरीले भारतको अण्डमान एण्ड निकोबार टापुबाट पक्राउ गरेर ल्याएको थियो । राउतलाई भगाउने डीएसपी सञ्जीव शर्मा दासमाथि कारवाहीको माग गर्दै सुन्तलीकी आमा डिल्लीमायाले डीआइजी गणेश केसीसमक्ष त्यसबेला आफूमाथि डीएसपी शर्माले गरेको दुर्व्यवहार सुनाएकी थिइन् ।

प्रहरीले अध्ययनपछि शर्मासहित १२ जना प्रहरीलाई बिभागीय कारवाहीको सिफारिस गरेको स्रोतले जनाएको छ । डीआइजी केसीले भने सुन्तली तामाङको हत्या तथा बलात्कार प्रकरणमा संलग्न दोषी पक्राउ गरी उचित समयमा अनुसन्धान अघि नबढाइएको सन्दर्भमा छानविन गरिएको बताएका छन् ।

उनले ७ जना प्रहरीलाई आफूले स्पष्टीकरण लिएर कारवाही अघि बढाएको समेत बताए ।

डीएसपी शर्मासहित अधिकृत तहका कर्मचारीमाथि भने डीआइजीले कारवाही गर्न नपाउने भएकाले हेडक्वार्टरमा कारवाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ । तर, कारवाही सिफारिस भए लगत्तै हेडक्वार्टरले भने शर्मालाई एसपी बढुवामा सिफारिस गरेर पुरस्कृत गरेको छ ।

के हुन्छ बिभागीय कारवाही ?

प्रहरी नियमावली र ऐन कानुन अनुसार बिभागीय कारवाही भन्नाले चेतावनीदेखि जागिरबाट बर्खास्त गर्नेसम्मको कारवाही हुन सक्छ । त्यसका लागि सबैभन्दा पहिले कारवाही सिफारिस भएका अधिकृतलाई स्पष्टीकरण लिनुपर्छ ।

स्पष्टीकरण लिएर कारवाही थाल्नुपर्ने अधिकारीले नै बढुवा सिफारिस गरेपछि नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ । बिभागीय कारवाही भन्नेले नसिहत, कडा चेतावनी, विदेशी मिसनमा जान रोक, प्रमोसन रोक्का, तलब बृद्धि रोक्का, एक तह घटुवादेखि नोकरीबाट बर्खास्तीसम्म हुन सक्छ ।

को परे कारवाहीमा ?

सुन्तली प्रकरणमा कमजोरी गरेको भन्दै मध्यक्षेत्र प्रहरी कार्यालयले तत्कालिन रामेछापका डीएसपी सञ्जिब शर्मा दास, प्रहरी निरीक्षक सन्तोष कुमार पोखरेल, प्रहरी नायव निरीक्षक नरबहादुर श्रेष्ठ, प्रहरी हल्वदर शान्ताकुमारी खड्कालाई विभागय कारवाही गर्न सिफारिस गरेको छ । सो सिफारिसपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएकै बेला बढुवाका लागि सिफारिस भएको हो ।

डीआइजी केसीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त सार्वजनिक गरेको भोलीपल्टै अञ्चल प्रहरी कार्यालय जनपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास चौधरीलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

तत्कालिन रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याएर पनि छोड्दा अभियुक्त पक्राउ गर्नको लागि प्रहरीलाई पाँच वर्ष लागेको थियो ।

त्यतिबेला शर्मालाई विभागीय कारवाही गर्नुको सट्टा महानगरीय प्रहरी वालाजु वृत्तको प्रमुख बनाइएको थियो । उनी हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत छन् ।

यसबीचमा सुन्तलीका आमा डिल्लीमायाले भने डीएसपी शर्माले अभियुक्त भगाएर आफूहरुलाई न्याय नदिएकै कारण न्याय खोज्ने क्रममा सबै सम्पत्ति सकिएको बताएकी छन् ।

को-को परे बढुवाको सिफारिसमा ?

यी पनि पढ्नुस्

ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !

सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए

डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment