नायक रणवीर कपुरलाई बलिउडमा ‘लक’ नलागेको केही बर्ष भैसक्यो । गतबर्ष रिलिज भएको चलचित्र ‘ए जवानी हे दिवानी’ले केही राहत दिए पनि रणवीरलाई करिअर उकास्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ । रणवीर अभिनित चलचित्र ‘जग्गा जासुस’ बक्स अफिसमा असफल भएको छ । ३ बर्ष लामो प्रतिक्षापछि रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कमजोर कमाइ गरेको छ ।
शुक्रबार ८.५७ करोडको कमाइ गरेको यो चलचित्रले शनिबार ११.५३ करोडको कमाई गरेको थियो । आइतबार चलचित्रले भारतीय बक्स अफिसमा १३.०७ करोडको कमाइ गर्यो । तर, सोमबार चलचित्रको व्यापार निकै घटेको छ । चलचित्रले सोमबार बक्स अफिसमा ४.०५ करोडको व्यापार गरेको छ । ४ दिनमा चलचित्रले ३७.२२ करोडको कमाइ गरेको छ ।
रणवीर कपुर र कट्रिना कैफको जोडी बक्स अफिसमा कमजोर देखिएको छ । यो चलचित्रलाई बलिउडका ट्रेडहरुले असफल भनेका छन् । बलिउडमा यो बर्ष ठूला ठूला चलचित्र असफल भएका छन् । ३ साता अगाडि मात्र रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’ पनि बक्स अफिसमा असफल भएको थियो ।
प्रतिक्रिया 4