Comments Add Comment

रामनाथ कोविन्द बने भारतको राष्ट्रपति

५ साउन, काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् ।

नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment