Comments Add Comment

माधव नेपालले भने-मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

८ साउन , रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताएका छन् ।

उनले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान संशोधन मधेशी जनताको माग नभई केही मधेशवादी नेताको मात्र अडान रहेको बताए ।

प्रेस चौतारी रामेछापले भंगेरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री नेपालले मधेशका केही नेता चुनावदेखि डराएर अनेक बहानाबाजीमा उत्रिएका आरोप लगाए ।

नेता नेपालले अबको प्रदेश र संघको निर्वाचनमा एमाले बहुमतको शक्ति बनेर सरकार स्थायी सरकार चलाउने दाबी गरे । एमालेकेा सहि नीति बिचार र कार्यक्रमका कारण जनताले मत दिएर ठूलो पार्टी बनाएको बताए । उनले २ नं प्रदेशको चुनावमा पनि एमाले पहिलो पार्टी हुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment