+
+
Shares

कतार संकटको प्रभावः रोजगारीमा जाने नेपालीको संख्या घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १० गते ६:३४

१० साउन, काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको छ ।

असारमा कतारमा संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५ हजार ५ सय १५ बजना रहेको छ । सो महिना कतारका लागि ३८ हजार ९ सय ८५ जनाको मागपत्र आएको थियो ।

गत वर्षको यही महिना कतारका लागि ८ हजार ८ सय ५६ जना कामदार संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको राजधानी दैनिकमा खबर छ ।

सो संख्या गत वर्षको असारको भन्दा ३ सय ४१ जनाले कम हो । हाल कतारमा अन्य खाडी क्षेत्रका देशहरुले लगाएको नाकाबन्दीको प्रभावकै कारण अहिले नेपालबाट कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?