+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति, चुनाव चिन्ह तराजु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ११ गते ११:२०

११ साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ । बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको स्रोतले बताएको छ ।

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । अहिले दुवै पार्टीबाट १७/१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।

दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै एकता वा तालमेलको प्रयास भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेदवार हुनु पर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेन ।

काठमाडौंमा सम्मानजक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्ला संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’

दुबै पक्षबीच छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?