+
+
Shares

उज्वल थापाको डकुमेन्ट्री प्रिमियरमा प्रधानमन्त्री : हामीलाई अहिले उहाँको खालीपन महसुस छ

‘अहिलेको बेलामा फिल हुन्छ, उज्वल थापाजस्तो मान्छे हुनुपथ्र्यो अहिले । प्रदीप गिरीजस्ता पनि मान्छे हुनुपथ्र्यो जस्तो लाग्छ । आफ्नो जीवनको आयुको बारेमा मान्छेले तोक्नै सक्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २०:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशव्यापी रिलिजको दुई दिनअघि वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' को प्रिमियर क्यूएफएक्सको लबिम हलमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गरिएको छ।
  • विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिमा उनको भूमिकामा आधारित ११० मिनेटको डकुमेन्ट्री सुदीप भाजुले निर्देशन गरेका हुन्।
  • प्रधानमन्त्री कार्कीले थापाको राजनीतिक र सामाजिक योगदानको स्मरण गर्दै वर्तमान राजनीतिक अन्योलतामा उनको खालीपन महसुस भएको बताएकी छन्।

काठमाडौं । देशब्यापी रिलिजको दुई दिनअघि वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ लाई प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल, जेनजी अभियन्ता रक्षा बम लगायत वैकल्पिक राजनीतिमा सक्रिय अनुहारहरू प्रिमियरमा देखिए ।

विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकाको कथावस्तुमा डकुमेन्ट्री बनेको छ । ११० मिनेट रनटाइमको यो फिल्मलाई सुदीप भाजुले निर्देशन गरेका हुन् ।

प्रिमियरमा बोल्दै प्रधानमन्त्री कार्कीले नेपालमा वैकल्पिक राजनीतिलाई अघि बढाउन थापाले खेलेको भूमिका र उनको व्यक्तित्वको स्मरण गरिन् । वर्तमान राजनीतिक अन्योलताको बीचमा थापाको खालीपन महसुस भएको प्रधानमन्त्रीले बताइन् ।

प्रधानमन्त्रीले भनिन्, ‘अहिले पनि हामीलाई उहाँको खालीपन महसुस छ, त्यस्तो मान्छे भैदिए हुन्थ्यो भन्ने । पल्टिकल टर्माइल छ, यस्तो बेला उहाँ हुनुपथ्र्यो भन्ने लाग्छ । घोच्ने मान्छे त होइन, चेत दिलाउने समाजलाई, कन्सस गराउने, जगाउने मान्छेको रुपमा उहाँ हुनुहुन्थ्यो ।’

उज्वल र प्रदीप गिरीजस्ता मान्छे वर्तमान राजनीतिलाई जरुरी रहेको धारणा प्रधानमन्त्रीको थियो । ‘अहिलेको बेलामा फिल हुन्छ, त्यस्तो मान्छे हुनुपथ्र्यो अहिले । प्रदीप गिरीजस्ता पनि मान्छे हुनुपथ्र्यो जस्तो लाग्छ । आफ्नो जीवनको आयुको बारेमा मान्छेले तोक्नै सक्दैन’ उनले भनिन् ।

उज्वल गम्भीर बिरामी भएर अस्पतालमा भर्ना हुँदा आफूले उनलाई चाँडै निको होस् भनेर हृदयबाटै भगवान गुहारेको स्मरण पनि कार्कीले गरिन् । ‘ मैले धेरैचोटी भगवानलाई प्रार्थना गरेँ । उहाँलाई बचाइदिनु भनेर भगवान गुहारेँ हृदयबाटै । तर, केही सीप चलेन । उहाँको डेथ भयो भनेर सुन्दा साह्रै दुःख लाग्यो’ उनले भनिन् ।

आफ्नो घरमा भोट माग्न आएको बेला थापासँग भेट भएको र कुराकानी भएको स्मरण पनि उनले गरेकी छन् । ‘म र मेरो श्रीमानले कुराकानी पनि गरेका थियौं । चुनावमा जितेर आउनुहुन्छ भन्ने आशा पनि राखेका थियौं’ उनले भनिन्, ‘उहाँ पल्टिकल मात्र होइन, सोसल अवधारणा पनि भएको मान्छे । बाटोघाटोमा भएको फोहोरलाई सफा गर्नुपर्छ भन्ने मान्छे । पार्टीको नाम विवेकशील । मानिसमा विवेक हा्स् भनेर कामना गर्दै पार्टीको नाम राख्नुभयो ।’

नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापाको २०७८ साल जेठ १८ गते ४४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।

उनीबारेको उक्त डकुमेन्ट्री शुक्रबारदेखि देशभरका हलमा रिलिज तयारीमा छ । हलहरूले एड्भान्स टिकट बिक्री पनि खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?