+
+
Shares

‘ग्याङस्टार ब्लूज’की ‘अबला’ श्रृष्टी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते १२:१३


चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट श्रृष्टी कार्की आइटम गलको रुपमा उदाउने भएकी छिन् । सार्वजनिक ‘अबला’ बोलको गीतमा श्रृष्टीको आइटम नृत्य छ । कालिप्रसाद बास्कोटा र बानिका प्रधानको स्वर रहेको यो गीतमा कालिप्रसादकै संगीत, कालिप्रसाद, एकतारे र मानसको शब्द छ ।

ग्याङस्टारहरुको कथामा बनेको यो चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।

भदौ २ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको आइटम गीतबाट श्रृष्टी कार्कीले चर्चा पाइरहेकी छिन् । निर्माता सरोज न्यौपानेले चलचित्रको गीतसंगीत, मेकिङ र कथावस्तुमा कुनै संझौता नगरिएको बताए । हेमराज वीसीले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?