+
+
Shares

ठग म्यानपावर र दलाललाई तह लगाउन प्रहरीको ‘स्पेशल फोर्स’ बनाउँदैछु- गृहमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते १५:४३


१२ साउन , काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवाहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाउने भएको छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विदेशमा रोजगारी दिने बाहानामा ठग्ने क्रम बढेको भन्दै त्यस्तालाई तह लगाउन विदशेमा अलपत्र परेकाको उद्धाका लागि पहल गर्न प्रहरीको विशेष फोर्स परिचालन गरिने बताएका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भने, ‘ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिइने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’

वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव भएको उल्लखे गर्दै उनले भनेे, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘वैदेशिक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सहज बनाउन जरुरी छ’ मन्त्री शर्माले भनेे, ‘हामीले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई रोक्न नसक्ने हुनाले थप सहज बनाउन सम्बििन्धत मन्त्रालयले सोच्नुपर्छ ।’

वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले श्रमिकहरु दलालको फन्दामा पर्ने गरेका छन्, म्यानपावरले पनि दलाल मार्फत आएका मान्छेहरुलाई विदेश पठाउने हुनाले दलालबाटै उनीहरु ठगिन्छन् ।’

‘ फ्री भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने, ‘दलालहरुले त्यहि  भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र लाख-लाख रुपैयाँ असुलिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?