१३ साउन, काठमाडौं । नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइएको छ ।
घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने जनविश्वास छ । बराहपुराणमा उल्लेख भएअनुसारसाउन शुक्ल पञ्चमीा ब्रहृमाको नागराजसँग संवाद भएकाले नागपूजाका लागि प्रसिद्ध भएको हो ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेखे छ ।
आज नक्सालस्थित नागपोखरी मेला लाग्छ । नागपोखरीमा स्नान गरेर पूजाअर्चना गरिएको छ ।
पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा पनि मेला लागेको छ ।
प्रतिक्रिया 4