+
+

‘नमुना नेपाल’का लागि ‘धुुर्मुस-सुन्तली’ले भेटे जग्गा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते ११:०९


३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितेका हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको नयाँ योजना निर्माणले गती लिने भएको छ । ‘नमुना नेपाल’ बनाउने योजनाका साथ अगाडि बढेको यो जोडीले अब खोजेजस्तै जग्गा भेटेको बताएका छन् । उनीहरुले ५ अर्ब बजेटमा यो योजना पुरा गर्ने बताएका थिए ।

सरकारले स्विकृती दिएको खण्डमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने उनीहरुले बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बनमा ‘नमुना नेपाल’ बन्ने उनीहरुले बताएका छन् । जग्गा हेर्न गएको यो जोडीलाई स्थानियले फुलमाला सहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका छन् । खोजे जस्तो जग्गा भेटेपछि धुर्मुस-सुन्तलीले आफूहरु उत्साहित भएको बताएका छन् ।

उनीहरुले भने-‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा गरेका छौ । यो हाम्रो मात्र नभएर सारा नेपालीको सपना हो ।’ उनीहरुले खोजे जस्तै जग्गा भेटेपछि योजनाको नजिक पुगेको बताएका छन् । स्थानियबासीले दिएको सहमति पत्र नागरिक उड्डयन मन्त्रालयमार्फत प्रस्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक रुपमा परियोजना निर्माणका लागि स्विकृती दिने विश्वास यो जोडीले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?