Comments Add Comment

नेपाली छोटो फिल्मलाई थाइल्याण्डमा अवार्ड


थाइल्याण्ड इन्टरनेशनल ‘फिल्म डेस्टिनेशन फेस्टिभलमा’ यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले ‘बेस्ट आउट स्ट्यान्डिङ प्रेजेन्टेशन’को अवार्ड जितेको छ ।
थाइल्याण्ड सरकारले अन्तरराष्ट्रिय चलचित्रको लागि छायांकनको गन्तब्य बनाउने उद्देश्यले हरेक बर्ष आयोजना गर्ने यस महोत्सवमा यस बर्ष १४ देशका ३३ चलचित्र प्रतिस्पर्धामा थिए ।

विश्वभरका फिल्मस्कुल र फिल्मकलेजबाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कार इन्टरनेशनल कलेजबाट ३ र कान्तिपुर फिल्म एकेडेमीबाट एक गरी ४ फिल्म प्रतिष्पर्धामा थिए ।

कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र ‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो । यही जुलाई २७ तारिखको दिन थाइल्याण्डको बैंककमा आयोजीत उक्त फेस्टीभलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले ‘बेस्ट फिल्म’को अवार्ड जितेको थियो ।

उक्त अवार्डमा थाइल्याण्डका पर्यटन मन्त्री, सैनिक प्रमुख तथा थाइल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाइल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment