Comments Add Comment

एनआरएनए साउदी अरबको दशौं वार्षिकोत्सव

३० जुलाई, साउदी अरव । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नो दशौं वाषिर्कोत्सब रियाद स्थित टुलिपइन होटलको सभाहलमा एक कार्यक्रमसाथ सम्पन्न भएको छ ।

राष्ट्रिय समन्यव परिषदका अध्यक्ष श्री नारायण पासवानको सभापतित्व तथा नेपाली राजदूतावास रियाद साउदी अरबका राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विशेष अतिथिको रुपमा पूर्व कार्यवाहक राजदूत एंव नियोग उपप्रमुख आनन्दप्रसाद शर्मा, श्रम सहचारी अम्विकाप्रसाद अधिकारी, प्रथम सचिव विजय राउतको समेत उपस्थित रहेको थियो ।

यसैगरी विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, प्रत्रकार, बुद्धिजीवी, समाजसेवी र यस संस्थामा आवद्ध विभिन्न क्षेत्रमा रहेका क्षेत्रीय तथा स्थानीय कमिटीहरुका पदाधिकारीहरुसहित उल्लेखनीय रुपमा अन्य नेपालीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको महासचिव तेजबहादु थापा र सचिव विशाल श्रेष्ठले सहजिकरण गरेका थिए ।दिप प्रजव्लनका साथ सुरुवात गरिएको कार्यक्रमा विभिन्न क्षेत्रबाट आएका क्षेत्रीय समितिहरुले मार्चपास समेत गरेका थिए ।

विभिन्न चरणमा भएको कार्यक्रममा अन्य संघसस्थाका व्यक्तित्वहरुले शुभकामना दिएका थिए । साथै स्थानीय कलाकारहरुले गीतसंगीत तथा कविता गजल प्रस्तु गर्दै कार्यक्रम मनोरन्जानत्मक पनि बनाएका थिए

गैरआवसीय नेपाली संघ साउदी अरब स्थापना कालदेखि नै श्रममैत्री बन्दै आएको थियो । यसले साउदी अरबमा रहेका नेपाली श्रमीकहरुलाई विभिन्न कालखण्डमा आर्थिक तथा सामाजिक, नैतिक सहयोग पनि पुर्‍याउदै आएको छ ।

आर्थिक सहयोग

यसै सन्दर्भमा यस कार्यक्रम मार्फत २१ जुन २०१७ का दिन साउदी अरबको पूर्वी क्षेत्रमा सडक दुर्घटनामा परी मृत्यु भएका पन्जिकृत सदस्य स्व। हरेन्द्र ठाकुरको परिवारलाई आर्थिक सहयोग स्वरुप उनका दाजु नागेन्द्र ठाकुरमार्फत पचास हजार रूपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

त्यसै गरी यस संस्थाका पन्जिकृत सदस्य शत्रुद्यन यादब गम्भीर विरामी परी नेपालमै हस्पिटलमा उपचार गराइरहेको र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकोले संस्थामा पूर्व क्षेत्रीय अध्यक्ष चन्त्रमणी भन्डारी मार्फत नेपाल पठाउने गरी पचास हजार रूपैयाँ सहयोग गरिएको छ ।

त्यसै गरी हालै गएको पहिरोमा परी घर गुमाउन पुग्नु भएका यस संस्थाका पन्जिकृत सदस्य धादिङ निवासी विजय तामाङलाई आर्थिक सहयोग स्वरुप २५ हजार क्षेत्रीय समिति अल कासिमका कार्यबहाक अध्यक्ष मनिष कोइराला मार्फत नेपाल पठाउने गरी चेक हस्तान्तरण समेत गरेको थियो ।

कार्यक्रममा बोल्दै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा एन्आरएनए आइसीसी वैदेशिक रोजगार तथा अप्रावासी नेपाल कल्याणकारी समितिका संयोजक धरम के।सिले संस्थाको सदस्यता किन लिने र यस संस्थामा लाग्दा के कस्ता फाइदाहरु हुन्छन् भन्ने विषयमा प्रष्ट पार्दै सबैलाई संस्थामा आवद्ध हुन आब्हान गरेका थिए ।

यसै गरी गैरआवासीय नेपाली संघको कार्यप्रति प्रशंसा गर्दै राजदूतले यो अन्तराष्ट्रिय संस्था भइसकेको र यसले नेपालमा पनि धेरै भन्दा धेरै विकासका कामहरुमा हात हालिसकेको बताए ।

खुल्ला विश्वविद्यालयका अवधारणदेखि अन्य भौतिक तथा समाजिक क्षेत्रमा गैरआवसीयहरुको उल्लेखनीय सहयोग देशले पाएको छ उनले बताए ।

साउदीको गैरआवसीय नेपाली संघले गरेको श्रमीकहरुको उद्दार र सहयोग प्रशंसनीय भएको उनले बताए ।
यस कार्यक्रमको व्यवस्थापनमा केन्द्रीय सदस्य नारायण भट्टराई र रियाद क्षेत्रीय समितिका अध्यक्ष शरद कुरमा शर्माले विशेष सहयोग गरेका थिए ।

साउदी अरबको वस्तुगत स्थिति तथा यस देशको बिशिष्ट भौगोलिक अवस्था एवं कानूनी प्रकृयालाई समेत ध्यनमा राखी १९ जुलाई २००७ मा नेपाली राजदूतावासको रोहबरमा विधिवत रुपमा यो सघं गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment