Comments Add Comment

रेखासँग ‘रुमाल चिनो’ माग्दै आर्यन


नायिका रेखा थापाले अभिनय वा निर्माण गरेका चलचित्र हिट हुनुको पछाडि धेरै फ्याक्टरले काम गरेका छन् । तर, एउटा महत्वपूर्ण कारण भनेको गीतसंगीत हो । रेखाका चलचित्रमा गीतसंगीत उत्कृष्ट हुने भएकाले पनि यसले प्रत्यक्ष फाइदा चलचित्रको व्यापारमा हुने गर्दछ । यसैले, पनि रेखाले अभिनय गरेका चलचित्रको गीतसंगीत दर्शकका लागि सधै नै प्रतिक्षामा रहन्छन् ।

उनै, रेखा थापाको ब्यानर रेखा फिल्मस्ले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट देशभर रिलिज हुँदैछ । यो चलचित्रमा समावेश लोक शैलीको एक गीतको अडियो सार्वजनिक भएको छ ।

‘रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत, सिवाकोटी र गायिका मेलिना राइको स्वर छ । यो गीतको भिडियोका लागि महंगो सेट लगाइएको खबर केही समय अगाडि बाहिरिएको थियो ।

यो गीतको भिडियो साउन १८ मा सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य भूमिका छ । ‘माला’ निर्देशक सुदिप बबी भूपाल सिंहले यो चलचित्रको निर्देशन गरेका हुन् । सरस्वती थापा र रमेश एमके पौडेल चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment