Comments Add Comment

दुर्घटनामा घाइते भएकामध्ये दुईको मृत्यु

१५ साउन, महोत्तरी । महोत्तरीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएका धनुषा ढल्केवरका २७ वर्षीय मोहन पासवानको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार जिल्लाको बलवामा बस दुर्घटनामा परी घाइते भएका पासवानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि सोही दुर्घटनामा घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचाररत महोत्तरी गाउँपालिकाकी ८० वर्षीया सीतादेवी झाको मृत्यु भएको थियो ।

बलवाबाट जनकपुरतर्फ जाँदै गरेको ना२ख १५० नंको बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र चालक अहिलेसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment