+
+
Shares

तीज मेलामा कलाकारसँगै रमाए एडीलेडवासी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १६ गते १२:५३

३१ जुलाई, एडीलेड । आइतबारको दिन एडीलेडको गुडउड कम्युनिटी हलमा दर्शकको खचाखच उपस्थिति थियो । करिब ६०० दर्शकले भरिभराउ हलमा दर्शकहरु नेपालबाट आएका लोकपि्रय लोकदोहोरी गायक खुमन अधिकारी, देबी घर्ति, रमिला न्यौपाने र नायिका वर्षा रावतको प्रस्तुति हेर्न उत्साहाका साथ उपस्थिति भएका थिए ।

एडीलेड नेपालले आयोजना गरेको ई-प्लानेट तीज मेलामा दर्शकमा ठूलो संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजनाको समेत अनुभब बटुलेका ई-प्लानेट एडीलेडका निर्देशक देबराज कंडेल भन्छन,’नेपालीहरुको सानो जनसंख्या भएको सहर हो एडीलेड, आजको उपस्थिति अरु कार्यक्रमहरुमा भन्दा ठूलो थियो ।’

कार्यक्रममा जब वर्षा रावत स्टेजमा पुगिन हुटिंगले हल गुञ्जियो त्यससंगै रमिला, खुमन र देबीले स्टेजबाट मात्र नभएर दर्शकको बीचमै गएर नचाए । ‘एडीलेडको दर्शकबाट हामीले धेरै माया पायौ, हामी धेरै नै खुसि छौ ।’ खुमनले खुसि ब्यक्त गर्दै भने ।

अाफ्ना पुराना भाका र नयाँ तीजका कोशेली दर्शक माझ प्रस्तुत गरेका उनले लोकदोहोरी र नेपाली मौलिक भाकालाई माया गर्ने दर्शक एडीलेडमा धेरै देख्न पाएकोमा अझै उर्जा मिलेको बताए ।

कार्यक्रममा दिदीबहिनीसंगै साउथ अस्ट्रेलियाका संसादहरुलाई समेत कमर मर्काईमर्काई नचाउन सफल भएका गायिका देबी र रमिला दर्शकसंगै घेरिएर आफ्नो प्रस्तुति दिएका थिए ।’देशबाट टाडा आएर पनि रातो साडीमा सझिएर आउनु भएका दिदीहिनीलाई देख्दा मलाई अस्ट्रेलिया छु जस्तै भएन, त्यो हल भित्र दर्शक बाट छुट्टै आफ्नोपनको आभास भयो ।’ देबी घर्तिले भनिन् ।

देबीसंगै रमिलाको अनुभब पनि उस्तै छ,’थोरै नेपालीहरु बस्नु हुन्छ भन्ने हामीले आयोजक र अन्य साथीभाइबाट सुनेका थियौ तर, दर्शकको उपस्थिति हामीले अपेक्षा भन्दा राम्रो पायौ ।’

भूगोलबाट टाडा आएर दिदीबहिनीसँग यसरी तीजको रौनकमा रमाउन पाउदा आफूहरु हर्षित भएको रमिलाले सुनाइन ।

वर्षाको लागि पनि एडीलेडको कार्यक्रम उल्लासपूर्ण रहयो, एडीलेडको कार्यक्रममा वर्षासँग फोटो खिच्नको लागि लामो दुरीको यात्रा गरेर आउने फ्यान समेत भेटिएको अनुभब उनीले बटुलिन ।

यहाँ हुर्किदै गरेको दोस्रो पुस्तालाई नृत्य कक्षा लगायतका कार्यक्रमबाट नेपाली कला संस्कृतिकको बारेमा सिकाउँदै आएको एडीलेड नेपालका आयोजक गोकुल ढकालले यस प्रकारका कार्यक्रमहरुले यहाँ आएको पहिलो पुस्तालाई चाडपर्वहरुको न्यास्रो मेटाउन सहयोग गर्ने र हुर्कर्दै गरेको दोश्रो पुस्ताले नेपाली रितिरिवाज र आफ्नो मौलिकताको बारेमा सिक्ने अवसर पाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?