१७ साउन, काठमाडौं । नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।
केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।
यस्तै पछिल्लो समय सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा भएको छ ।
हेर्नुस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4