चकलेटी अनुहारमा नक्कली कपाल भएपनि निकै सुहाएको थियो नायक आर्यन सिग्देललाई । त्यसमाथि, यूवतीलाई भुतुक्कै बनाउने उनको मुस्कान र अभिनय । नेपाली चलचित्र क्षेत्रमा ‘किस्मत’बाट प्रवेश गर्दै गर्दा आर्यन सिग्देल लामो रेशको घोडा बन्ने दौडमा थिए ।
यसपछि, केही बर्ष आर्यनको दबदबा चलचित्र क्षेत्रमा राम्रै रह्यो । आर्यनको चकलेटी अनुहार र मुस्कान र अभिनयले धेरैलाई मोहित बनायो । नेपाली चलचित्र क्षेत्रमा चकलेटी अनुहार भएका यूवकको आगमन कमै मात्र भएको थियो ।
तर, एक दशक पार गर्दा नगर्दै आर्यनको सोही स्टाइल हराएको छ । आर्यन सिग्देल अहिले चलचित्र क्षेत्रमा कमजोर बनिरहेका छन् । आर्यनको स्टारडम गायब बनेको छ ।
विशेषगरि, अफर आएका सबै चलचित्रमा काम गरेका आर्यनले स्टारडम मेन्टेन नै गर्न सकेनन् । यसैले, आर्यनको चार्म हराएको छ । आर्यनले फेरि पुरानो क्रेज उठाउन नायिका रेखा थापाको साथ खोजेका छन् । के हराएको आर्यनको यो मुस्कान फेरि फर्किएला, प्रतिक्षा गरौ ।
प्रतिक्रिया 4