Comments Add Comment

यी हुन् दुनियाका केही विचित्र तस्वीरहरु (फोटोफिचर)

जमर्नीको बर्लिनमा आगामी सेप्टेम्बरमा आयोजना हुने आइ इएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।

५ लाख ९० हजार फोटोबाट उत्कृष्ट १ सय फोटो छानिएको हो ।

अमेरिकाको उटाहस्थित भिमकाय खानी देखि, मेक्सिकोको समुद्रस्थित एक्लो डुंगा अनि जापानी पहाडमा टाँगिएको चम्किलो पाल देखि ढाकामा रेल चढ्ने रस्साकस्सी सम्मका तस्वीरहरु उत्कृष्ट विचित्र तस्वीर छानिएका छन ।

वास्तुकला, बाहय वातावरण, फोटो पत्रकारिता, सडक फोटोग्राफी तथा पोट्रेट लगायतका विधामा उत्कृष्ट तस्वीरहरुलाई अवार्ड दिइनेछ ।

हेराैं उत्कृष्ट १ सयमा पर्न सफल मध्ये केही विचित्र तस्वीरहरुः

इनामुल कबिरले खिचेको यो तस्वीरमा बंगलादेशको ढाकामा खचाखच भरिएको रेलमा चढ्न र चढाउनका लागि मानिसहरुले गरेको रस्साकस्सी देख्न सकिन्छ ।
अमेरिकाको उटाहस्थित बिनघाम क्यान्योन खानी र त्यसमाथि हिउँ परेको विचित्र दृश्य
मेक्सिकोको कोर्टेज सागरमाथि तैरिरहेको माछा मार्ने एक्लो डुंगा
जापानको सुबाकुरोदाके पहाडमा गाडिएको पालहरुभित्रबाट आइरहेको प्रकाशको चम्किलो रात्रीकालीन दृश्य
जापानको टोक्योस्थित पानी पार्ने रोलर कोस्टर खेल्दै महिलाहरु


 

त्यस्तै, अन्य तस्वीरहरु यस्ता छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment