+
+
Shares

जिसस सल्यानमा कांग्रेसका विष्ट निर्बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १८ गते १५:४४

१८ साउन, सल्यान । जिल्ला समन्वय समिति जिससको संयोजकमा नेपाली कांग्रेसका केशबहादुर विष्ट निर्विरोध चयन भएका छन् ।

मंगलबार सभापतिको उम्मेद्वारको मनोनयन दर्ता गराएका नेकपा माओबादी केन्ऽका नेता जनक घर्तीले बुधबार आˆनो उम्मेदवारी फिर्ता लिएपछि नेपाली काग्रेसका नेता बिष्ट जिल्ला समन्वय समिति सल्यानको संयोजकमा निर्बिरोध भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना प्रकाशन गर्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (४) बमोजिम माओवादी केन्ऽका संयोजक पदका उम्मेद्धार जनक घर्तीको नाम हटाइएको जनाएको छ । बिष्ट लाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घर्तीले बताएका छन् ।

उम्मेदवारी फिर्ता लिदै घर्तीले बिष्टलाई सफल कार्यकालको लागि शुभकामना सहित बधाई ज्ञापन समेत गरेका छन् ।

साउन २३ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा सभापतिको लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्ऽले मात्र मनोनयन दर्ता गराएका थिए ।

उपसंयोजकमा भने एमालेले कुलबहादुर गिरी र माओवादीले हरिप्रकाश बुढाथोकीको उम्मेद्धारी परेको छ ।

एमाले र कांग्रेसका विचमा तालमेल गरेर संयोजक कांग्रेसलाई र उपसंयोजक एमालेलाइ दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?