Comments Add Comment

जंगली च्याउ खाँदा एकको मृत्यु, ६ जना विरामी

१९ साउन, दार्चुला । रोजगारीका लागि भारतको जौलजीवि क्षेत्रमा पुगेका नेपालीहरुले जंगली च्याउ खाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना सिकिस्त बिरामी परेका छन् ।

जंगली बिषालु च्याउ खाँदा दार्चुलाको व्यास गाउँपालिका ६ का अन्दाजी वर्ष ६० का कमलापती भट्टको ज्यान गएको छ भने अन्य ६ जना नेपाली कामदारहरु पनि विरामी परेका छन् ।

सातै जना नेपाली कामदारहरुले जंगली च्याउ खाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक भट्टको पोष्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment