Comments Add Comment

उद्धार अभ्यास: रंङ्गुनखोलाले बगाएकाहरुलाई यसरी उद्धार गरियो (फोटो फिचर)

१९ साउन, डडेल्धुरा । पर्शुराम नगरपालिकाको जोगबुढामा पर्ने रंङ्गुनखोलामा बाढी आयो । बाढीले स्थानीय नागरिकहरुलाई बगायो । तर, बाढीले बगाइरहेको दृश्य देखिएको केही छिनमै उनीहरुको सकुसल उद्वार गरियो । बाढीबाट जनधन केही पनि क्षति हुन पाएन ।

यो दृश्य वास्तविक नभइकन एउटा सामुदायिक विपद् पूर्वतयारी तथा नमूना पूर्व अभ्यास कार्यक्रम थियो ।

समुदायमा जनचेतना जगाउन विपतका बेला कसरी जागिने भन्ने उद्देश्यले जिल्ला दैवि प्रकोप उद्वार समिति, सशस्त्र प्रहरी बल र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो ।

विपत व्यस्थापन इकाई अन्तर्गत समुदायमा रहेका कार्यदल तथा खोज उद्वार कार्यदललाई मानवीय क्षती रोक्न आफूहरुले उद्वार सामग्री सहित संवेदनशील रंङ्गुनखोलामा उक्त अभ्यास सञ्चालन गरेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताए ।
हेरौं विपद् पूर्वतयारी तथा नमूना पूर्व अभ्यासका यी तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment