Comments Add Comment

आठ बर्षपछि एकसाथ नाचे रेखा र आर्यन, सुहायो त जोडी ?


नायक आर्यन सिग्देल र नायिका रेखा थापाको जोडीलाई करिब ८ बर्ष अगाडि चलचित्र क्षेत्रमा सर्वाधिक सफल र सुहाएको जोडीको रुपमा हेरिन्थ्यो । तर, दुबैलाइ स्टारडमको घमण्ड चढ्दा, यी दुइ अलग भए ।

यो जोडी फेरि ८ बर्षपछि पर्दामा एकसाथ देखिएको छ । चलचित्र ‘रुद्रप्रिया’बाट यो जोडी पर्दामा देखिदैछ । रेखा र आर्यनको जोडी कस्तो देखिएला भन्ने दर्शकलाई कौतुहलता भैरहेको समयमा, यो चलचित्रमा समावेश एक लोक शैलीको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘औठी चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराजकै शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको यो गीतमा रेखा र आर्यनको साथमा राजन इशानलाई फिचरिङ गरिएको छ । महंगो सेट लगाएर यो गीतको छायांकन गरिएको छ ।

सुदिप भूपाल सिंहको निर्देशन रहेको यो चलचित्रलाई सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा संजय लामाको छायांकन छ । यो चलचित्र कात्तिक २ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment