Comments Add Comment

रेखा र रमेशको तिहार भिडन्त, हिन्दी फिल्मको असर पर्ला किन नपर्ला ?


यस बर्षको तिहारमा दुइ चलचित्रको भिडन्त हुने पक्का भएको छ । हुनत, कात्तिक ३ गतेबाट नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ पनि रिलिज हुने चर्चा छ । तर, अन्य दुइ चलचिले भने प्रचारलाई जोडतोडका साथ अगाडि बढाएका छन् ।

यो भिडन्तमा नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’ र नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ छन् । औपचारिक रुपमा चलचित्र ‘ऐश्वर्य’को निर्माणपक्षले तिहारमा चलचित्र रिलिज गर्ने घोषणा गरेको छ ।

तिहारमा बलिउडका २ चलचित्र पनि रिलिज हुँदैछ । हुनत, नेपालमा पछिल्लो समय बलिउड चलचित्रको क्रेज कमजोर बनिरहेको छ । यसैले पनि बलिउड चलचित्रको असर खासै पर्दैन भन्ने दुबै निर्माताको वुझाई हुनसक्छ ।

तिहारमा नायक आमिर खान निर्मित चलचित्र ‘सेक्रेट सुपरस्टार’ र रोहित सेट्टीको कमेडी सिक्वेल ‘गोलमाल एगेन’ रिलिज हुँदैछन् । यी दुवै हिन्दी चलचित्र मल्टिप्लेक्समा केन्दि्रत छन् । यसैले, हिन्दी चलचित्रले रेखाको चलचित्रलाई भन्दा रमेशको चलचित्रलाई बढी असर गर्न सक्छ । दिवाकर भट्टराइको निर्देशनमा बनेको यो चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी र नव-कलाकार दीपिका प्रसाँइको मुख्य भूमिका छ ।

‘कृ’ रिलिज भएको खण्डमा तिहारमा ठूलै भिडन्त हुने देखिएको छ । यदि, ‘कृ’को प्रदर्शन मिति फेरि सरेको खण्डमा भने ‘ऐश्वर्य र रुद्रप्रिया’ विच टकराव देखिनेछ ।
महंगो बजेटमा बनेको ‘ऐश्वर्य’ र नायिका रेखा थापा र नायक आर्यन सिग्देलको महत्वकांक्षी प्रोजेक्ट ‘रुद्रप्रिया’को तिहार लडाइले चलचित्र क्षेत्रमा ठूलै बज बनाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment