+
+
Shares

भरतपुर १९ मा ५६ प्रतिशत भोट खस्यो, आजैबाट गणना गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १४:०७

२० साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । दिउँसो एक बजेसम्म ५६ प्रतिशत भोट खसेको छ । जीवनज्योती मतदान केन्द्रमा ८ सय भोट खसिसकेको छ ।

विहान पानी परेकोले मतदाताहरू कम अाएपनि पानी रोकिएपछि दिउँसो उत्साहजन रूपमा मतदान गरिरहेका छन् ।

भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा केन्द्र छन् । किरण मावि मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जानगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।

 

भरतपुरमा रहेका निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुसँग सहमति गरेर आजै मतगणना सुरु गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?