Comments Add Comment

गृह मन्त्रालयको अभियानः काठमाडौं उपत्यका अपराधमुक्त शहर

गृहमन्त्री भन्छन्- समस्या त केन्द्रमै रहेछ


२० साउन, काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकालाई अपराध र गुण्डागर्दीमुक्त शहर बनाउने अभियान सुरु गर्ने भएको छ । त्यसका लागि हरेक टोलमा सुरक्षा स्वयंसेवक बनाउने तयारी गृहको छ ।

‘समस्या त केन्द्रमै रहेछ’ शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले भने, ‘ठगी, बेचबिखन, अपराधको समस्या यहिँ देखियो । भौतिक, मनोवैज्ञानिकदेखि सबै प्रकारका फोहरमैला सबै यहिँ छन् । मान्छे हिँड्दाहिँड्दै ठगिन थाले । त्यसैले अपराधमुक्त सहर बनाउने सोच छ ।’

त्यसलाई मन्त्री शर्माले ‘क्लिन सिटी’को संज्ञा दिए र पत्रकारहरुको पनि सहयोगको अपेक्षा गरे ।

मन्त्री शर्माको अनुसार सुरक्षा जिम्मा प्रहरीको हुने र काठमाडौंबासीले सूचना दिएर सहयोग गर्नुपर्ने बताए । त्यसका लागि हरेक टोलमा स्वयंसेवक सुरक्षा फोर्स बनाउने गरी सोचिएको उनको भनाइ छ ।

पत्रकारहरुले स्थानीय प्रहरीलाई क्रियाशील बनाएमा र मेट्रो लाइनमा स्वच्छ छविको व्यक्तिलाई ल्याएमा आधा समस्या स्वतः समाधान हुने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment