Comments Add Comment

सहसचिव सरुवा कार्यान्वयनमा प्रधानमन्त्री कार्यालयको उदासीनता

२३ साउन, काठमाडौं । सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवास्ताका कारण सरुवा भएको चार दिन बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । केही मन्त्री र उच्च राजनीतिक दबाब एवं हस्तक्षेपका कारण सरुवा सूचीमा थपघट गर्नुपर्ने भएकाले कार्यान्वयनमा समस्या देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरुवा भएकाले राजनीतिक नेतृत्वको प्रयोग गरेर रोक्न खोज्ने र नभएकाले आकर्षक ठाउँमा जान राजनीतिक लविङलाई तीव्र पारेकाले पनि सरुवा कार्यान्वयनमा समस्या देखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment