+
+
Shares

जिसस पाल्पाको निर्वाचन साउन २४ मा

रासस रासस
२०७४ साउन २३ गते ९:११


२३ साउन, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन साउन २४ गतेका लागि तय भएको छ । समितिको प्रमुखमा दुई र उपप्रमुखमा दुई जनाको नाम दर्ता भएको छ ।

प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हेमप्रसाद अर्याल, नेकपा एमालेका तर्फबाट दयाराज बस्याल, उपप्रमुखमा कांग्रेसका तर्फबाट शान्ति झेदी र एमालेका तर्फबाट मीरा मरासिनीको मनोनयन दर्ता भएको छ । खुल्ला सदस्यमा तीन पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेका तर्फबाट ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी र काँग्रेसका तर्फबाट लक्ष्मण हिताङ रहेका छन् ।

दलित, अल्पसङ्ख्यकको तर्फबाट होमप्रसाद ठडराई, तीनजना महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुवर्ण खनालले जानकारी दिए । निर्विरोध निर्वाचित सदस्यहरु सबैले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचनमा २० जना मतदाताले एक प्रमुख, एक उपप्रमुख र तीनजना खुल्ला सदस्य पदमा मतदान गर्नेछन् । जिल्ला समितिमा नौ जनाको नयाँ समिति चयन हुनेछ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?