Comments Add Comment

मेयर रेणुलाई एकान्तमा छट्पटी हुनेछः देवी ज्ञवाली

२३, साउन, चितवन । नेकपा एमाले चितवनले भरतपुर महानगरको मेयरको परिणाम अस्वभाविक भएको जनाएको छ । भरतपुरस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी एमालेले महानगरको वडा नः १९ को पछिल्लो मत परिणामलाई स्वभाविक मान्न नसकिने जनाएको छ ।

एमालेले षडयन्त्रपूर्वक चुनावको नाटक मञ्चन गरी लोकतान्त्रिक प्रकृयामाथि प्रहार गर्ने र खिल्ली उडाउने कार्य गरिएको दाबी गरेको छ । आफ्ना उम्मेदवार देवी ज्ञवाली २६० भन्दा बढि मतले विजयी हुने देखेर योजनावद्ध ढंगबाट मतपत्र च्यात्न लगाइएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतदानको दिन सवारी पासको दुरुपयोग भएको, करोडौं बाँडिएको दाबी गरे ।

मेयर पदका उम्मेदवार देवी ज्ञवालीले महानगरको मेयरमा जितेर पनि आफूलाई हराइएको दाबी गरे ।

‘सबैलाई लागेको छ देवीलाई हराइएको हो’ उनले भने, ‘मैले केके अपराध गरेर मेयर पद जितेँ भनेर रेणु दाहाललाई कहिले काहीँ एकान्तमा छट्पटी हुनेछ ।’

पत्रकार सम्मेलनमा उम्मेदवार ज्ञवालीले पनि रेणुको जीत स्वाभाविक नभएको बताए । ‘स्वभाविक रुपमा रेणु जीले जितेको भए मैले नै सवैभन्दा पहिला फूलमाला लगाएर वधाई दिन्थे,’ उनले भने,’तर उनको यो अस्वभाविक जीत हो । कृतिम छ । उनले कुनै दिनमा किताव लेखिन भने सायद त्यसमा यी अपराधका कुराहरु र केके कति गरेर देवीलाई हराइयो सबै लेख्छिन् होला ।’

ज्ञवालीले सर्वोच्च अदालतको फैसला ढिला आउँदा समय वर्वाद भएको र त्यही मौकामा आफुबिरुद्ध सबै खालको षडयन्त्र गर्न मौका पाएको टिप्पणी गरे ।

एमाले जनप्रतिनिधिको सपथ सोमबार

भरतपुरका मेयर र उपमेयरसहितका केही जनप्रतिनिधिले आइतबार नै सपथ लिएका छन् । तर, ‘मतपत्र च्याँत्नेहरु’सँगै सपथ नलिने भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरे ।

उनीहरुलाई मुख्य निर्वाचन अधिकृतले आज सोमबार सपथ ग्रहण गराउने तय भएको छ । महानगरकेा १४ वटा वडा जितेको एमालेका ७० जना निर्वाचित जनप्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment