Comments Add Comment

पोखरामा आशिरमान र आनाको क्रेज


चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’का कलाकारले दर्शक र मिडियासँग अन्र्तक्रिया गरेका छन् । भदौ २ गतेबाट देशभर रिलिज हुन लागेको यो चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाहीको साथमा निर्माता सरोज न्यौपाने, निर्देशक हेमराज वीसी मोफसल दौडमा निस्किएका हुन् ।

चलचित्रको यूनिटले शनिबार र आइतबार पोखराका विभिन्न स्थानमा ‘सडक कन्सर्ट’ गरेको छ । पोखराको ट्रेड मलमा शनिबार आयोजना भएको कार्यक्रममा कलाकारसँग सयौ यूवायूवती झुम्मिएका थिए । यूवापुस्तालाई लक्षित गरेर चलचित्र निर्माण गरिएकाले पनि यूवापुस्तामाझ नै प्रचार केन्दि्रत गरेको निर्माणपक्षले बताएको छ । आशिरमान र आनासँग सेल्फीमा रमाउने यूवायूवतीको संख्या धेरै देखिएको थियो ।
चलचित्रको यूनिटले विभिन्न कलेजमा क्विज समेत आयोजना गरेको थियो । चलचित्रसँग सम्बन्धित प्रश्नको सहि उतर दिने मध्येबाट पोखरामा भदौ १ गते आयोजना हुन लागेको प्रिमियरका लागि सात जना दर्शकले कलाकारसँगै बसेर चलचित्र हेर्न पाउने भएका छन् ।

आइतबार पोखरामा कार्यक्रम सकेर यसको निर्माण टिम वुटवल पुगेको छ । आज र भोली वुटवलमा चलचित्रको प्रचारका लागि विभिन्न कार्यक्रम आयोजना गरिने निर्माणपक्षले बताएको छ । निर्माता सरोज न्यौपानेले पोखरामा देखिएको कलाकार क्रेजले चलचित्रको व्यापारमा ठूलो फरक पार्ने बताए ।

तस्बिरः मिलन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment