Comments Add Comment

नेपाल ग्रामिण बिकासको एफपिओ धितोपत्र बोर्डबाट स्वीकृत


२३ साउन, काठमाडौं । नेपाल ग्रामिण बिकास बैंकले जारी गर्ने तयारीमा रहेको ९ करोड ७५ लाख रुपैयाँ (९ लाख ७५ हजार कित्ता) को एफपीओले धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

 

बैंकको सेयरले साउन २३ गते स्वीकृती पाएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरमा एफपीओ जारी गर्न लागेको हो । बैंकको दोस्रो बजारमा ९ सय ४३ रुपैयाँमा सेयर कारोबार भएको छ ।

हाल १८ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको बैंकले नियमअनुसार यो स्वामित्व ३० पुर्याउन एफपीओ जारी गर्न लागेको हो ।

बैंकले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

सकारात्मक पक्ष

४५ प्रतिशत सरकारको, ४ प्रतिशत नेपाल राष्ट्र बैंकको र १७ प्रतिशत क वर्गका वाणिज्य बैंकको सेयर लगानी

बृहत भौगोलिक उपस्थिती (५३ जिल्लामा १८६ शाखा)

१२ देखि १८ महिनायताको नाफा स्वस्थकर

सन् २०१५ यता हरेक वर्ष नाफा (सुधारोन्मुख)

नेटवर्थमा प्रतिफल ३९ बाट बढेर ५५ प्रतिशत (सुधारोन्मुख)

पूँजी कोष लागत न्युन ५.५ प्रतिशत

नकारात्मक पक्ष

सञ्चित नोक्सान ४६ करोड ९० लाख

क्षेत्रिय ग्रामिण बिकासहरुको मर्जरको कारण व्यवसाय र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण

झिनो सुधार भएपनि खराब कर्जा दर ४.६६ प्रतिशत

पूँजी कोष पर्याप्तता अनुपात न्युन (न्युनत्तम ८ हुनुपर्नेमा ७.१५ प्रतिशत)

व्यवस्थापकीय सुचना प्रणाली कमजोर

१३ प्रतिशत कर्जा मात्र धितोमा आधारित

कर्जा विस्तार समग्र क्षेत्रको औसतभन्दा कम (तीन वर्षयता २४ प्रतिशतको दरमा वृद्धि)

वाणिज्य बैंकहरुबाट प्राप्त सापटी नै पुँजी स्रोतको ६८ प्रतिशत हिस्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment